स्वास्थ्य सचिवमा रोशन पोखरेल नियुक्त


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल बढुवा भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई सचिवमा बढुवा गरेको हो । सिफारिस समितिले पोखरेलसहित अन्य दुई प्रमुख विशेषज्ञ डा। महेन्द्रप्रसाद श्रेष्ठ र दीपेन्द्ररमण सिंहलाई सिफारिस गरेको थियो ।

साढे २ वर्षपछि स्वास्थ्य मन्त्रालयले सेवातर्फ सचिव पाएको छ। तत्कालीन स्वास्थ्य सचिव डा.पुष्पा चौधरीलाई २०७५ साल मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा तानेदेखि सरकारले स्वास्थ्य सेवातर्फको सचिव पद नै हटाएको थियो।

प्राविधिक सचिव पाएसँगै अब पुनः स्वास्थ्य मन्त्रालयमा प्रशासन र प्राविधिक तर्फ गरी दुई सचिव रहनेछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिव नियुक्तिका लागि १२ औं तहका तीन जनाको नाम सिफारिस गरिएको थियो।

 

प्रतिक्रिया