कांग्रेसको बैठक बालुवाटारमा नराख्ने प्रधानमन्त्री देउवाको घोषणा


काठमाडौं– नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने घोषणा गरेका छन्।

पार्टीका युवा नेताहरुलाई यसरी उनले उक्त घोषणा गरेका हुन्। लगातार दुई वटा पदाधिकारी बैठक बालुवाटारमा राखेपछि देउवाको आलोचना भएको थियो। तर सानेपास्थित कार्यालयमा धर्ना रहेका कारण बालुवाटारमा राखिएको जवाफ देउवाले दिएको युवा नेता गगन थापाले बताए।

‘अबदेखि पार्टीको बैठक बालुवाटारमा नराख्ने भन्नुभएको छ, सभापतिको यो घोषणा सुखद मान्नुपर्छ’, थापाले भनेका छन्।

प्रतिक्रिया