

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रक्रिया शुरू

काठमाडौं – प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया शुरू भएको छ ।
जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वासको मत माग्नेछन् । देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधव नेपाल पक्षको समर्थन प्राप्त हुने देखिएको छ ।
प्रतिनिधिसभामा हाल २ सय ७१ सदस्य कायम छन् । विश्वासको मत हासिल गर्न कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ ।

