संसद् बैठक : देउवाले विश्वासको मत लिने दोस्रो सत्रमा आइपुगे ओली


काठमाडौं  – पुनर्स्थापित प्रतिनिधिसभा बैठकको आइतबारको पहिलो सत्रमा नआएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो सत्रमा सहभागी हुन संसद् बैठक आइपुगेका छन्।

दोस्रो सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम छ।

यसअघि पनि पुनर्स्थापित अघिल्लो प्रतिनिधिसभा बैठकका क्रममा पनि केपी ओली अनुपस्थित रहने गरेका थिए।

प्रतिक्रिया