

अनैतिक राजनीति र जनताविरोधी अभ्यासको मतियार बन्दिनँः नेता रावल (राजीनामा पत्रसहित)

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष एवं अछाम जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।
रावलले प्रतिनिधिसभाको बैठक बस्नुभन्दा केहीमिनेट अगाडि राजीनामा दिँदै आफू अनैतिक कार्यको मतियार नबन्ने बताएका छन् ।
उनले राजीनामाको घोषणा गर्दै लेखेका छन, ‘अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयस्कर भएकोले दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभा सदस्यको पदबाट राजीनामा दिएको छु ।’

