तेस्रो लहर रोक्नका लागि पूर्व तयारी गर्नोस्ः प्रधानमन्त्री देउवा


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर रोक्नका लागि पूर्वतयारी गर्न निर्देशन दिएका छन् ।

आइतबार बालुवाटारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललगातसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले होल्डिङ सेन्टर तत्कालै बनाउन निर्देशन दिएका छन् ।

परीक्षणको दायरा बढाएर अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्धका लागि देउवाले निर्देशन दिएका छन् । उनले कोरोनाको खोप खरिदलाई चुस्त रूपमा अघि बढाउन र खोप केन्द्रहरू बढाएर सहजरूपमा खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया