‘माधव नेपालले मान्नुभएन, तीन महिनाको मेहनत खेर गयो’


काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताका लागि ३ महिनादेखिको मेहनत खेर गएको बताएका छन्।

नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका पोखरेलले सामाजिक सञ्जालमार्फत एमाले एकताले मूर्तरूप पाउने सम्भावना टरेको संकेत गरेका हुन्।

सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै पोखरेलले भने, ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो।’

पोखरेलसहित विघटित कार्यदलका सदस्यहरू नेता नेपाललाई भेट्न आइतवार नेपाल निवास कोटेश्वर पुगेका थिए। नेपालसँगको भेटपछि पोखरेलले यस्तो स्ट्याटस लेखेका हुन्।

प्रतिक्रिया