भविष्यवाणी प्रभावः आज विश्वासको मत नलिन एमालेकाे आग्रह


काठमाडौं – नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम नराख्न आग्रह गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसिरहेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले सो आग्रह गरेको हो । त्यो कार्यक्रम अर्को दिन तोक्न आग्रह गरेको बैठक सहभागी एक एमाले नेताले जानकारी दिए ।

आज देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भैसकेको छ ।

याे पनि

देउवाको आजः भविष्यवाणी भन्छ ‘आज विशेष कार्य सिद्धिको योग परेको छ’

प्रतिक्रिया