

एमाले स्थायी कमिटीको बैठक सुरु, माधव नेपाल अनुपस्थित

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ ।
११ बजे बस्ने भनेर जनाइएपनि केही ढिलो गरी सुरु भएको बैठकमा माधव नेपाल भने उपस्थित भएका छैनन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा संसद पुनर्स्थापना भैसकेपछि पार्टीभित्र देखिएको समस्याको विषयमा छलफललाई निरन्तरता दिन बैठक बोलाइएको हो ।
वैठकले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने निर्णय गरेको जनाउँदै आजै विश्वासको मत लिन नमिल्ने जनाएको छ ।
दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभाको बैठक पनि आज अपराह्न ४ बजे बस्दैछ । प्रतिनिधिसभाको पहिलो बैठकको समापन पछि आजैको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारीका साथ संसद सचिवालयमा प्रस्ताव समेत दर्ता भइसकेको अवस्था छ ।

