पूर्वमन्त्री बस्नेतको निर्देशनमा गुण्डा नाइकेले कुटे कांग्रेसका केन्द्रीय सदस्य


काठमाडौं – नेपाली कांग्रेसको घोषित महाधिवेशनको एक महिना अवधि रहँदा अझै क्रियाशील सदस्यको टुंगो लाग्न सकेको छैन । देशका १ सय ४३ क्षेत्रमा मात्र क्रियाशील सदस्यको टुंगो लागे पनि अन्य क्षेत्रहरुमा भने अझै विवाद नै छ ।

क्रियाशिल सदस्यको बिषयमा बागमती प्रदेशमा बिबाद टुंग्याउन पार्टीले केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो । संयोजक घिमिरे विवाद टुंग्याउन क्रियाशील रहेकै बखत उनीमाथि आक्रमण भएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को क्रियाशील सदस्यताको बिषयलाई लिएर भक्तपुरका गुण्डा नाइके सगुन श्रेष्ठसहितको समूहले संयोजक घिमिरे माथी हातपात गरेका छन् ।

छानबिन समितिमा क्रियाशील सदस्यता वितरणमा मनपरी गरेको उजुरी परेको थियो । उजुरीपछि समितिले मनपरी ढंगले सदस्यता बितरण गरेको ठहर गर्दै नयाँ क्रियाशील सदस्यलाई रद्ध गरी पुरानै सदस्यतालाई  कायम गर्ने निर्णय गरेपछि विवाद बढेको थियो ।

विवाद बढ्दै जाँदा काठमाडौंको गौशाला पिंगलास्थानमा घिमिरेमाथि हातपात भएको हो । सिन्धुपाल्चोकका नेता एवं पूर्वसञ्चारमन्त्री मोहन बस्नेतको संरक्षकत्वमा रहेका श्रेष्ठको नेतृत्वमा खटिएका एक दर्जन युवाले नेता घिमिरेमाथि हातपात गरेका थिए ।

श्रेष्ठसँग सिन्धुपाल्चोकका नेता हरिशरण श्रेष्ठ, बालकृष्ण बस्नेत, प्रेमध्यज लामा, ज्ञानेन्द्र थापासँगै टोले गुण्डा झिङ्गे भन्ने सञ्जय लामा र सानु सगुनलगायतको समूहले आक्रमण गरेका थिए ।

सिन्धुपाल्चोकका तरुण दल उपाध्यक्ष समेत रहेका श्रेष्ठ पछिल्लो समय आफ्नो आपराधिक ग्याङलाई मजबुत बनाउन झिङ्गेसँग मितेरी साईनो गाँसेर आपराधिक क्रियाकलाप गर्दै आइरहेका छन् । श्रेष्ठलाई उपाध्यक्षमै रहेका बखत पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएपछि तरूण दल केन्द्रीय कार्यसमितिले  कारबाही गर्दै उपाध्यक्षबाट बर्खास्त समेत गरेको थियो ।

घिमिरेमाथीको  आक्रमण  संलग्न रहेका झिङ्गे बौद्धलाई आधारक्षेत्र बनाएर गुण्डागर्दीमा संलग्न रहँदै आएका छन् ।

प्रतिक्रिया