ओलीले स्थायी कमिटी बैठक रोकेनन् अनि हिँडे भिम रावलसहितका नेता


काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक स्थगन गर्न नमानेपछि माधवकुमार नेपाल पक्षका भिम रावलसहितका नेता हिँडेका छन्।

ललितपुरको च्यासलमा भएको बैठकमा रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट र रघुजी पन्त अहिलेको बैठक रोकी एकीकरणका लागि अगाडि बढ्न ओलीलाई आग्रह गर्न पुगेका थिए।

तर ओलीले बैठक नरोकिने भन्दै एकताका लागि यसअघि भएका कार्यदलका विषयमा माधव नेपाल सहमत भए कुराकानी गर्न सकिने बताएका थिए। त्यसपछि रावलसहितका नेता स्थायी कमिटी बैठकमा नबसी हिँडेका हुन्।

प्रतिक्रिया