

पोखराका मेयरको गंगालालमा उपचार शुरु

काठमाडौं – पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएपछि उनलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याएर उपचार शुरु गरिएको प्रेस संयोजक माधव बरालले जनाएको छ ।
शुक्रबार बिहान जिसीले स्वास्थ्यमा अप्ठ्यारो महसुस गरेपछि मणिपाल शिक्षण अस्पताल लगिएको थियो उनको हाल काठमाडौंको गंगालाल अस्पतालमा उपचार शुरु गरिएको छ । त्यहाँ चिकित्सकले जिसीलाई मस्तिष्कघात भएको पुष्टि गरेका थिए।

