

एमाले संसदीय दलको बैठकमा नेपाल पक्ष नजाने

काठमाडौं – सरकारबाट बाहिरिएपछि पहिलो पटक संसदीय दलका नेता केपी शर्मा ओलीले डाकेको एमाले संसदीय दलको बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ ।
पुनः स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्य मेटमणि चौधरीले बैठकमा नजाने सल्लाह भएको जानकारी दिएका छन् ।
बैठकमा नेपाल पक्षका सांसदलाई पनि खबर गरिएको सचेतक भट्टराईले बताए ।

