

ओली पक्षले ‘युथ फोर्स’ ब्यूँत्याएपछि माधव समूहले पनि बनायो ‘अखिल फोर्स’

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स व्यूँताएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि बिहीबार अखिल फोर्स गठन गरेको छ ।
राजधानीमा एक कार्यक्रमकाबीच तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको अखिलका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए ।
ओली निकट युवाहरुले युथ फोर्स बनाएपछि त्यसलाई काउण्टर दिन अखिल फोर्स गठन गरिएको उनको भनाइ छ । ‘युथ फोर्सका नाममा हाम्रा नेताहरुलाई धम्क्याउन थालिएको छ । त्यसका विरुद्ध हामीले अखिल फोर्स बनाएका हौं,’ पराजुलीले भने ।
अखिल फोर्सले शैक्षिक क्षेत्रमा हुने बेथिति विरुद्ध लड्नुका साथै नेताहरुको सुरक्षामा खटिने उनले बताए ।

