नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने : प्रधानमन्त्री देउवा


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् ।

आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत  -यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताएको
प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राजदूत बेरीले प्रधानमन्त्री देउवालाई मंगलबारनै सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।

 

प्रतिक्रिया