

एमाले नेता नेपाल र विप्लवबीच भेटवार्ता

काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
विप्लव अर्का नेता धर्मेन्द्र बास्तोलाका साथ बिहीबार बिहान नेपाल निवास पुगेका हुन् ।
सरकारसँग तीनबुँदे सहमति गरेर २१ फागुन २०७७ मा शान्तिपूर्ण राजनीतिमा आएका विप्लव पार्टी नेता धर्मेन्द्र बास्तोलाका साथ नेपाल निवास कोटेश्वर पुगेका थिए ।
शान्तिपूर्ण राजनीतिमा आएपछि दुई पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका विप्लवले बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निवासमै गएर भेटेका थिए ।

