तत्काल सरकारमा सहभागी नहुने जसपाको निर्णय


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

मंगलबार बसेको जसपाको कार्यकारिणी परिषदको बैठकले तत्काल देउवा नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको हो

‘जसपा काँग्रेस नेतृत्वको सरकारमा जान्छ तर, तत्कालै जाँदैन । त्यसका लागि प्रधानमन्त्रीले मधेशको मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु पर्छ,’ नेता रामसहाय यादवले भने, ‘संविधान संशोधन, झुठा मुद्दा फिर्ता, रेशम चौधरीको रिहाई लगायत मधेशका मुद्धा फिर्ता गर्ने प्रतिवद्धता जनाएपछि मात्रै पार्टी सरकारमा जान्छ ।’

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परामादेश जारी गरेपछि आफ्नै समर्थनमा बनेको सरकारमा जसपा सहभागी हुने आँकलन गरिएको थियो ।

नेता यादवले देउवा नेतृत्वको सरकारले ल्याउने कार्यक्रमहरु पनि हेर्ने बताउँदै आफ्ना मुद्दालाई सरकारले कसरी सम्बोधन गर्छ त्यसपछि पार्टीमा छलफल गरेर मात्र सरकारमा जाने निर्णय गर्ने बताए ।

 

प्रतिक्रिया