

बालकोट निवासबाट माधव नेपालबारे ओलीको सनसनीपूर्ण घोषणा

काठमाडौं– निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालबारे सनसनीपूर्ण घोषणा गरेका छन्।
बुधबार बालुवाटारबाट निजी निवास बालकोट पुगेपछि ओलीले नेता नेपाललाई एमालेमा कुनै पनि स्थान नरहेको भन्दै कारबाही गर्ने संकेत दिएका छन्।
प्रधानमन्त्रीमा नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका नेता नेपालसँग एकताका लागि १० बुँदे समझदारी बाहिरिएपछि ओलीको यो ठूलो घोषणा आएको हो।
उनले राष्ट्रका नाममा बुधबार सम्बोधन गर्ने क्रममा पनि नेपालप्रति रोष प्रकट गरेका थिए।

