बढ्याे सरकार विरोधी गतिविधि, नागरिक आन्दोलित


शवाना – क्युवामा सरकार विरोधी गतिविधि बढ्न थालेको छ । देशका विभिन्न स्थानमा सरकारको विरोधमा विभिन्न प्रदर्शनहरु हुन थालेका छन् । प्रदर्शनकारीका गतिविधि अराजक भएको भन्दै सुरक्षाकर्मीले बल प्रयोग गर्दा एक जनाको मृत्यु भएको छ ।

शवाना शहरमा भएको प्रदर्शनका क्रममा प्रहरीको कारवाहीमा एक जनाको मृत्यु भएसँगै आन्दोलन थप चर्किएको आन्तरिक मन्त्रालयले जनाएको छ । आथिक असमनाता भएको भन्दै सर्वसाधारणले सरकारको आलोचना गर्दै देशव्यापी प्रदर्शन थालेका हुन् ।

कोरोना भाइरसको महामारीका कारण मुलुकमा थप आर्थिक संकट आए पनि त्यसको समाधाका लागि सरकारले प्रभावकारी कदम नचालेको भन्दै सर्वसाधारणले विरोध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यता सरकारले भने आन्दोलनमा घुसपैठ भएको दावी गरेको छ । अमेरिकाले प्रतिबन्ध लगाएपछि पछिल्लो समय क्युवामा आर्थिक संकट थपिँदै गएको सरकारी अधिकारीहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया