

नवनियुक्त प्रधानमन्त्री देउवालाई प्रचण्डले दिए बधाई

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
प्रचण्डले बुढानिलकण्ठ पुगेर नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् । अहिले उनीहरुबीच मन्त्रालय बाँडफाँडको विषयबारे छलफल भइरहेको छ ।
सोमबार सर्वोच्च अदालतले संसद पुनस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई आज साँझ ६ बमजे शपथ गराउने तयारी भएको छ । देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

