संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिने सर्वोच्चकाे फैसला (पूर्णपाठ)


काठमाडौं – प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले दिएको रिट निवेदनको पक्षमा सोमबार सर्वोच्च अदालतले फैसला गरेको छ ।

प्रतिनिधिसभा विघटन बदर गरी संविधानको धारा ७६ को ५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले आदेश गरेको छ । सर्वोच्च अदालतले रिट निवेदकको माग बमोजिमका सबै आदेश जारी गरेको हो ।

अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६(५) अनुसार नियुक्त भएका प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा दलको ह्विप नलाग्ने व्याख्या गरेको छ।

सोमबार प्रतिनिधि सभा पुनःस्थापनाको फैसलासहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको अदालतले यस्तो व्याख्या गरेको हो।

देउवालाई १४६ सांसदको समर्थन छ। देउवालाई प्रधानमन्त्री नियुक्त गर्न एमालेका माधवकुमार नेपालसहित २३ जना सांसदको हस्ताक्षर छ।

यस्तो छ सर्वोच्चको फैसलाको पूर्णपाठ :

प्रतिक्रिया