चिकित्सक लाइसेन्सको परीक्षा साउन २८ र २९ गते हुने


काठमाडौं – नेपाल मेडिकल काउन्सिलले चिकित्सकको लाइसेन्स (दर्ता ) परीक्षा गर्ने भएको छ । सोमबार काउन्सिलले २८ र २९ साउनमा लाइसेन्स परीक्षा गर्ने जानकारी दिएको हो ।

२९ असारदेखि १८ साउनसम्म नियमित तथा १९ र २० साउनमा बिलम्ब शुल्कसहित आवेदन भर्न सकिने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ।

लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला २९ असारदेखि हुनेछ । अनलाइन आवेदन भने २४ सै घण्टा भर्न सकिने व्यवस्था रहेको काउन्सिलले जनाएको छ भने परीक्षा केन्द्र काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया