

कांग्रेस सभापति देउवाको भाग्यः ५औं पटक प्रधानमन्त्रीको कुर्सी
२८ घन्टामा प्रधानमन्त्री नियुक्त, एक हप्ताभित्र सदन चलाउन आदेश

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २८ घन्टाभित्र नयाँ प्रधानमन्त्री नियुक्त हुने भएका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको सिफारिस बदर गर्दै एक साताभित्र बैठक डाक्न राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ। सोही क्रममा देउवालाई प्रधानमन्त्री नियुक्त गर्नका लागि परमादेश दिएको थियो।
सर्वोच्च अदालतको यो आदेशसँगै देउवा मुलुकमा ५ औं पटक प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। चार पटकसम्म प्रधानमन्त्रीको कुर्सी सम्हालिसकेका देउवाको भाग्यमा चुनावी सरकारको नेतृत्व गर्ने जिम्मेवारी आइ लागेको बताइन्छ।
देउवालाई १४६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा नियुक्तको मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले मुद्दा दायर गरेका थिए।

