

ओली र नेपाल सहमतिपछि के भन्छन् एमालेका युवा नेताद्वय भट्टराई र बस्नेत ?

काठमाडौं – अन्ततः नेकपा एमालेमा सहमति भएको छ । आइतबार साँझ सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएपछि एमाले नेताहरुमा खुशीयाली छाएको छ ।
दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएपछि नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिक्रिया दिँदै पार्टी फोर्नका लागि करौतीको भूमिका खेलेका प्रचण्डको अभिव्यक्तिलाई असत्य सावित गर्नुपर्ने बताएका छन् ।
नेता बस्नेतले अब कांग्रेस नेता शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने निवर्तमान सांसहरुलाई पनि पार्टी एकताको भावनामा अदालत र आम जनतासामू पेश गर्नुपर्ने बताएका छन् । त्यसका लागि पार्टीले तत्काल निर्देशन दिनुपर्ने पनि बस्नेतले उल्लेख गरेका छन् ।
त्यस्तै एमाले युवा नेता योगेश भट्टराईले पनि सहमतिको स्वागत गरेका छन् । नेता भट्टराईले सहमति यसको कार्यान्वयन गर्दै एकतालाई थप सुदृढ र विश्वास निर्माण गर्दै आगामी कुनै प्रतिस्पर्धामा एमालेलाई श्रेष्ठता कायम राख्न सबैले जोड दिनुपर्ने बताएका छन् ।
भट्टराई लेख्छन् ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुदे सहमति स्वागत योग्य छ । यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुद्रिढ गर्दै, बिश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ । वार्ता समितिका सबै कमरेडहरुलाई हार्दिक बधाई तथा धन्यवाद छ ।’
+++
पूर्वसांसद बस्नेत लेख्छन्, ‘एकताबद्ध एमाले बनाउन दिनरात खटने कार्यदलका कमरेडहरु, सम्पुर्ण नेता , कार्यकर्ता , समर्थक र शुभचिन्तकहरुलाई पार्टी एक भएकोमा हार्दिक बधाई तथा शुभकामना । अब विपक्षी गठबन्धनका नाउँमा सरकार र पार्टीलाई भैरहेको आक्रमण र भोलि सर्बोच्च अदालतले गर्ने फैसलाका बारेमा बाहिर आएका अनेक हल्ला अनि हाम्रो पार्टी फोर्न करौतिको भुमिका निर्बाह गरिरहेका प्रचण्डले गरेको शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्बोच्च अदालतले परमादेश जारी गर्दैछ भन्ने घोषणालाई असत्य साबित गर्न। देउबाको पक्षमा हस्ताक्षर गर्ने निबर्तमान सांसदहरूले तुरुन्तै आफुहरु पार्टीको एकताको भावना र निर्णय अनुसार त्यो पक्षमा नरहेको ब्यहोरा अदालत र आम जनसमुदायमा पेश गर्नु पर्दछ। सथै पार्टीले तत्काल निर्देशन जारी गर्नु पर्दछ। अनिमात्र एकताको भावना मुखरित हुनेछ।’

