लोक सेवा आयोगको लिखित परीक्षा तालिका सार्वजनिक


काठमाडौं – बागमती प्रदेश लोक सेवा आयोगले लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा तर्फको पहिलो चरणको परीक्षाफल प्रकाशित भइसकेको परीक्षा कार्यक्रमहरूको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

प्रशासन सेवा तर्फका चौथो, पाँचौँ र छैटौँ तहका परीक्षा कार्यक्रम भदौ ४ गतेदेखि हुने भएका छन् । प्रशासन सहायक चौथो तहको द्वितीय पत्रको परीक्षा भदौ ४ गते र तृतीय पत्रको परीक्षा भदौ ५ गते तोकिएको छ ।

यसैगरी पाँचौँ तहको परीक्षा भदौ ११ गते द्वितीय तथा तृतीय पत्र १२ र १३ गते सञ्चालन हुनेछन् । यस्तै अधिकृत छैटौँ तहको लिखित परीक्षा क्रमशः द्वितीय भदौ १७ गते, तृतीय १८ गते चौथो पत्र प्रशासन समूहतर्फको सामान्य प्रशासन विषयको १९ गते र लेखा र्फको २० गते हुने भएको छ ।

प्रतिक्रिया