

खोलाले बगाउँदा तीन जना अझै बेपत्ता, भेटियो गाडी

पर्वत – पर्वतमा खोलाले बगाएको गाडी भेटिएको छ । अविरल वर्षासँगै आएको बाढीका कारण मध्यरातमा गाडी बगाउँदा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजरसहित ३ जनालाई बढीले बगाएको थियो ।
मोदी खोलामा हाइलक्स गाडी भेटिएपनि बेपत्ता ३ जना भने भेटिएका छैनन् । अविरल वर्षासँगै कुश्मा नगरपालिका -८ चुवा स्थित सुन्दरे खोलामा आएको बाढीले मध्यरातमा गाडीसहित ३ जनालाई बगाएको हो ।
गाडी बगाएको सुन्दरे खोला मोदी खोलामा मिसिएको ठाउँबाट करिब पाँच सय मिटर तल गाडी देखिएको हो । गाडी भेटिएपछि अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यमा लागेको प्रहरीले जनाएको छ ।
मध्यपहाडी लोकमार्गमा कार्यरत २ जना कर्मचारी वेपत्ता भएको पुष्टि भएको छ । वेपत्ता हुनेमा साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारुको पहिचान भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।
रातको समयमा गाडीलाई खोलाले बगाएकाले गाडीमा सवैको पहिचान नभएको प्रहरीको उनले बताए । वेपत्ता उनीहरुको मध्यरातदेखि नै खोजीकार्य जारी रहेपनि हालसम्म पनि पत्ता नलागेको प्रहरीले जनाएको छ ।

