

कोरोना संक्रमणबाट गण्डकीमा ७ जनाको मृत्यु

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशका अनुसार नवलपरासी पूर्वका तीन जना, कास्कीका दुई जना, गोरखा र बाग्लुङका एकरएकजनाको मृत्यु भएको हो ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका-३ का ८१ वर्षीय पुरुष, देवचुली नगरपालिका-४ की ६८ वर्षीया महिला र मध्यविन्दु नगरपालिका–७ की ६४ वर्षीया महिलाको आइतबार चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै ८१ वर्षीय पुरुषमा असार ७ गते, ६८ वर्षीया महिलामा असार १८ गते र ६४ वर्षीया महिलामा असार १७ गते संक्रमण पुष्टि भएको थियो ।
कास्कीको पोखरा महानगरपालिका-१४ का ६२ वर्षीय पुरुषको सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनमा असार १३ गते संक्रमण पुष्टि भएको थियो । यसैगरी पोखरा महानगरपालिका-१२ की ७० वर्षीया महिलाको मंगलबार गण्डकी मेडिकल कलेजमा मृत्यु भएको थियो । उनमा असार २० गते संक्रमण पुष्टि भएको थियो ।
यसैगरी गोरखाको सिरानचोक गाउँपालिका–४ का ५८ वर्षीय पुरुषेको सोमबार पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा मृत्यु भएको हो । जेठ २५ गते उनमा संक्रमण पुष्टि भएको थियो । यसैगरी बागलुङको बागलुङ नगरपालिका–३ का ६८ वर्षीय पुरक्षको मंगलबार मणिपाल शिक्षण अस्पतालमा पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । असार १८ गते उनमा संक्रमण पुष्टि भउको थियो ।

