नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी


काठमाडौं – नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) कम्पनीको कार्यालयमा कर्मचारीले तालाबन्दी गरेका छन् ।

कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको भन्दै निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन् ।

निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

 

प्रतिक्रिया