कालिकोटमा बोलेरो जिप दुर्घटना एक जनाको मृत्यु, ४ घाइते


दैलेख – कालिकोट जिल्लाको रासकोट नगरपालिका–६ कालापानीमा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

रासकोटदेखि सानीघाट आउँदै गरेको क १ ज ३३ नम्बरको बोलेरो जिप आज बिहान ७ः३० बजेतिर दुर्घटना भएको कालिकोटले प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्र बहादुर शाहका अनुसार गाडी भिरालो र चिप्लो बाटोका कारण सडक छेउमा पल्टिएको थियो । दुर्घटनामा परी एक जनाको घटनास्थलमैमृत्यु भएको र चार जना सामान्य घाइते भएको प्रहरी प्रमुख शाहले जानकारी दिए ।

प्रतिक्रिया