नारायणगढ-मुग्लिन सडक १२ घण्टादेखि पूर्ण रुपमा अवरुद्ध


चितवन – पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका-२९, सेतीदोभानमा सोमबार राति करिब ९ बजे ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आज बिहानदेखि पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया