मुख्यमन्त्री नेपालीका प्रेस संयोजकमा भरत कोइराला


गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका प्रेस संयोजकमा आदर्श समाज दैनिकका सम्पादक भरत कोइराला नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

दुई दशकअघि अन्नपूर्ण पोष्टदेखि पत्रकारिता शुरु गरेका कोइरालाले केन्द्रीय डेस्कमा कार्यरत रहनाका साथै २०६५ सालदेखि पोखरामा दि हिमालयन टाइम्स र अन्नपूर्ण पोष्टको ब्युरो चिफ सम्हालेका थिए।

विसं २०७२ देखि समाधान दैनिकमा आबद्ध उनले त्यहाँ कार्यकारी सम्पादकको भूमिकामा रहेकामा गत वर्ष पुसदेखि आदर्श समाजमा सम्पादकको जिम्मेवारी सम्हालेका छन्। पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर कोइराला संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया