

एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु

पोखरा – बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ ।
कास्कीको मादी गाउँपालिका-९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो।
दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।
खहरे होलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि पर्दा चालकले भागेर ज्यान जोगाएको उनले बताए ।
घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ ।

