

राष्ट्रियसभाको बैठक सुरू, १२ अध्यादेश पेस हुँदै

काठमाडौं – संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक सुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आठौं अधिवेशनको पहिलो बैठक सुरू भएको हो ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् । सँगै मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पनि बैठकमा जानकारी गराइएको छ ।
बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशसँगै अरु विभिन्न १२ अध्यादेश पेश हुने कार्यसूची छ ।

