

जसपा नेता राजेन्द्र महतो भारतीय दूतावासमा

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतो काठमाडौँ लैनचौरस्थितस्थित भारतीय दूतावास पुगेका छन्। उनी दिउँसो १२ बजे भारतीय दूतावास पुगेको स्रोतले जनाएको छ।
यसअघि पटक–पटक भारतीय राजदूतसँग छलफल गरी सरकारमा प्रवेश गरेका महतो सर्वोच्चको आदेशले सरकारबाट बाहिरिएपछि फेरि भारतीय दूतावास छिरेका हुन्।
यसअघि उनी जसपाका अध्यक्ष महन्थ ठाकुरसहित भारतीय दूतावास जान्थे। देशमा राजनीतिक खिचातानी चलिरहेको अवस्थामा जसपाका नेताले लगातार भारतीय दूतावासमा चक्कर लगाइराख्नुलाई अर्थपूण रुपमा हेरिएको छ।

