
आठ जना स्थायी कमिटी सदस्य थप्दै २ जेठ ०७५मा फर्कियो एमाले
चार जना माओवादीबाट आएका थपिए, महाधिवेशन आयोजक कमिटी भंग
काठमाडौं– आठ जना स्थायी कमिटी सदस्य थप गर्दै नेकपा एमाले २ जेठ ०७५ को अवस्थामा फर्किएको छ। बुधबार बालुवाटारमा भएको महाधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटी ब्युँताइएको हो।
यस्तै एकता प्रक्रियामा स्थायी कमिटीमा रहेका एमालेका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तलाई कायम राख्दै माओवादीबाट आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा थपिएका छन्।
यो निर्णयसँगै नेता माधवकुमार नेपालसहित ११ जनालाई गरिएको कारबाही पनि स्वतः खारेज भएको छ। केन्द्रीय कमिटीको बैठक शुक्रबारलाई डाकिएको छ।



कागजपत्र |
