कुवेतमा दुई नेपाली प्रेमीप्रेमीकाको मृत्यु

प्रेम सम्बन्धमा रहेका युवाले आत्महत्या गरे


दोहा- कुवेतमा नेपाली प्रेमीप्रेमीकाले आत्महत्या गरेका छन् । रोजगारीको सिलसिला कुवेतमा कार्यरत नुवाकोटका रञ्जित घिमिरे र सोलुखुम्बुकी पेसी शेर्पाले आत्माहत्या गरेका हुन् ।

आपसी झगडाका कारण आत्माहत्या गरेको बताईएको छ । घिमिरे त्यहाँको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत थिए भने शेर्पा कुवेतीको घरमा घरेलु कामदार थिइन ।

उनीहरूले नेपालमा गएर बिहे गर्ने योजना बनाएका थिए । तर विगत केही समयदेखि मनमुटाप भएपछि उनीहरूबीच विवाद हुँदै आएको थियो ।

घिमिरे फर्वानियास्थित आफ्नै कोठामा डोरीले पासो लगाएर आत्महत्या गरे भने त्यो लगतै उनकी प्रेमिका शेर्पाले पनि उनीले काम गर्ने मालिकको घरमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको बताइएको छ ।

उनीहरूले जुन २५ तारिखमा आत्महत्या गरेको कुवेत प्रहरीले जनाएको छ। यता कुवेतस्थित नेपाली दूतावासले भने आत्माहत्या हो वा केहो भन्ने बारे जानकारी नभएको बताएको छ ।

मृतक शेर्पाको शव नेपाल पठाईसकिएको छ भने घिमिरेको शव पनि आवस्यक कानुन प्रक्रिया पूरा गरे चांडै पठाइने दूतावासले जनाएको छ ।

प्रतिक्रिया