

देउवा, पौडेल र सिटौलाबाहेकका केन्द्रीय सदस्यलाई शशांकको निवासमा लञ्च निम्तो

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबाहेकका केन्द्रीय सदस्यलाई निम्तो दिएका छन्।
मंगलबार भएको तीन नेताको बैठकले शुक्रबार महाधिवेशनलाई लक्षित गरी केन्द्रीय सदस्यसँग डा. कोइरालाको निवास टोखामा लञ्च मिटिङ गर्ने भएका छन्।
१३ औं महाधिवेशनमा सभापति लडेका तीन नेताबाहेकलाई बोलाइ १४ औं महाधिवेशनमा सहमतिको आधारमा उम्मेदवारी वा पुस्ता हस्तान्तरणको मुद्दामा छलफल चलाइने भएको छ।

