कोरोनाविरुद्धको खोप माग्दै नयाँ बानेश्वरका खुद्रा व्यवसायी आन्दोलित


काठमाडौं – कोरोनाविरुद्धको खोप माग्दै नयाँ बानेश्वरका खुद्रा व्यवसायीहरु आन्दोलित भएका छन् ।

खोप नलगाई व्यापार गर्नसक्ने अवस्था नभएको भन्दै नयाँ बानेश्वर व्यापार व्यवसायी संघले खोप माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

लामो समयदेखिको निषेधाज्ञाका कारण बन्द अवस्थामा रहेको व्यवसाय खोपको उपलब्धता नहुँदासम्म सहज हुने अवस्था नदेखिएको पनि संघका अध्यक्ष रामशरण गिरीको भनाइ छ । व्यवसाय सञ्चालन गर्न खोप अनिवार्य भएकाले सोको उपलब्धताको सुनिश्चित गर्नैपर्ने संघको माग छ ।

सोमबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले खोपको माग गर्दै सरकारको ध्यानकर्षण गराउने तथा आन्दोलनका कार्यक्रमअघि बढाउने निर्णय गरेको अध्यक्ष गिरीले बताए ।

 

प्रतिक्रिया