साउन महिनादेखि लोक सेवा आयोगको कार्यालय कमलपोखरीमा


काठमाडौं – साउन महिनादेखि लोक सेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा निर्मित नयाँ भवनमा सर्ने भएको छ ।

स्वास्थ्य सेवाको नवौं तह र न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीको अन्तरवार्ता परीक्षा साउन ३ गतेदेखि कमलपोखरीमा निर्मित आयोगको नयाँ भवनमा निर्धारण गरिसकेको आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइमार्फत ७२ करोड २३ लाख रुपैयाँ लागतमा लोक सेवा आयोगको नयाँ भवन निर्माण गरिएको छ ।

लोक सेवा आयोगको केन्द्रीय कार्यालय पहिले कमलपोखरीस्थित आफ्नै जग्गामा थियो । त्यहाँको राणाकालीन भवन युवा तथा खेलकुद मन्त्रालयले प्रयोग गरेपछि लोक सेवा आयोग अनामनगरस्थित कार्यालयमा सरेको थियो । २०७२ को गोरखा भूकम्पमा कमलपोखरीको त्यो पुरानो भवन भत्किएको थियो ।

प्रतिक्रिया