

पाँच विद्यार्थी संगठनले संसद् विघटनविरुद्ध देशभर प्रर्दशन गर्ने

काठमाडौं – पाँच राजनीतिक दलका विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरुले संसद् विघटनविरुद्ध प्रदर्शन गर्ने भएका छन्। नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँले प्रदर्शन गर्न लागेका हुन्।
सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनको विरुद्ध तथा संसद् पुनर्स्थापनाको माग गर्दै असार १६ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने माओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।
संयुक्त संघर्ष समितिको सोमबार बसेको बैठकले असार १७ गते काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने निर्णय भएको उनले बताए। त्यस्तै सो समूहले भोलि अर्थात १५ गते विश्वविद्यालयमा देखिएका परीक्षा लगायत शैक्षिक समस्याहरुका बारेका छलफल गर्न उपकुलपतिसमक्ष संयुक्त ज्ञापनपत्र बुझाउने भएको छ।
देशभर प्रदर्शन गर्ने तयारी रहेको पाँच संगठनले संयुक्त विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।

