२८ सय ७५.४९ काे विन्दुमा नेप्से, कारोबार रकम ७ अर्ब ७२ करोड माथि


काठमाडौं – सोमवार ५.११ अंकले बढेर २८७५.४९ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ०.७९ प्रतिशत अर्थात् ४.१७ अंक बढेर ५३३.५७ विन्दुमा पुगेको छ ।

सोमवार लघुवित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने वित्त र जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । लघुवित्त समूहको परिसूचक २.१९ प्रतिशतले बढेको छ ।

त्यस्तै यो दिन लगानी समूहको परिसूचक २.१४ प्रतिशत, होटल्स तथा पर्यटनको ०.५७ प्रतिशत, बैंकिङ्गको ०.३६ प्रतिशत, जीवन बीमाको ०.०८ प्रतिशत र म्युचुअल फण्डको ०.१२ प्रतिशत परिसूचक बढेको छ ।

वित्त समूहको २.५९ प्रतिशतले र जलविद्युतको २.२३ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंकको १.६४ प्रतिशत, व्यापारिकको ०.८६ प्रतिशत, निर्जीवन बीमाको ०.२६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.२१ प्रतिशत र अन्य समूहको ०.१८ प्रतिशतले घटेको छ ।

सोमवार सबैको लघुवित्त वित्तीय संस्थाको ८.१७ प्रतिशत र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.०७ प्रतिशतले बढेको छ ।सामान्य अंकले बढेको सोमवारको बजारमा बेष्ट फाइनान्सका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयरमूल्य ५.४८ प्रतिशत अर्थात् प्रतिकित्ता रु २१ ले घटेर अन्तिम मूल्य रू. ३६२ मा झरेको हो।

सोमवार रू. ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार बराबरको १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता शेयर कारोबार भएको छ । सोमवार सर्वाधिक रकमको शेयर कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ । अपर तामाकोशीको रू. ६६ करोड ९४ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको हो ।

प्रतिक्रिया