एकसाताका लागि निषेधाज्ञा पुनः थपिने, मंगलबारदेखि सार्वजनिक यातायात चल्ने !


काठमाडौं –  सोमबार मध्यरातीदेखि सकिन लागेको उपत्यकाको निषेधाज्ञा बिहान १० बजेमात्र थपिने तयारी गरिएको छ ।

उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको आइतबार बसेको बैठकले सोमबारमात्रै निषेधाज्ञाबारे अन्तिम निर्णय गर्ने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको संयुक्त बैठक आइतबार साँझ सम्पन्न बैठकले निषेधाज्ञा थप एक हप्ता निरन्तरता दिन लागिएको स्रोतले जनाएको छ।

त्यस्तै, सार्वजनिक यातायात पनि खुला गर्ने तयारी भएको छ। सार्वजनिक यातायात सञ्चालन गर्ने सवालमा पहिलो चरणमा जोर / विजोर प्रणालीमा गरिने स्रोतले जनाएको छ । सोमबार हुने निषेधाज्ञाको निर्णयपछि मंगलबारदेखि सार्वजनिक सवारी चल्ने सम्भावना देखिएको छ ।

त्यस्तै थपिन लागेको निषेधाज्ञामा प्रशासनले सबै प्रकारका सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै रहनेछ । खुलास्थानमा धेरै मानिस भेला हुन पाइने छैन ।

सार्वजनिक स्थान र बाटोमा तरकारी तथा फलफूल बिक्री गर्न पाइनेछैन । शैक्षिक संस्थामा बन्द कायमै रहेछन् ।

प्रतिक्रिया