दीपक मनाङेले अचानक यसरी सम्झिए स्व. दिपेन्द्र शाह


काठमाडौं– दीपक मनाङे नामबाट परिचित गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङले दरबार हत्याकाण्डमा दोषी भनिएका स्व. पूर्वयुवराज दिपेन्द्र शाहलाई सम्झिएका छन्।

उनले सामाजिक सञ्जालमा दिपेन्द्रको तस्बिर राख्दै जन्म दिनको शुभकामना दिएका हुन्। उनले लेखेका छन्,‘ह्याप्पी बर्थ डे सरकार।’ अंग्रेजी मिति अनुसार आइतबार दिपेन्द्रको जन्म दिन परेको छ।

१९ जेठ ०५८ मा भएको दरबार हत्याकाण्डको दुई दिनपछि अस्पतालमा उपचारका क्रममा दिपेन्द्रको निधन भएको थियो। उनलाई स्व. वीरेन्द्रको ठाउँमा दुई दिनका लागि राजा घोषणा गरिएको थियो।

दरबार हत्याकाण्डसम्बन्धी छानबिन समितिले भने दिपेन्द्रले नै नसालु पदार्थ सेवन गरी गोली चलाएको विवरण बाहिर आएका थिए। अझै पनि यो प्रकरणलाई रहस्यको कसीमा नै राखेर हेरिन्छ।

प्रतिक्रिया