काठमाडौंमा २९१ सहित उपत्यकामा थपिए ४२४ संक्रमित


काठमाडौं – देशभर थप १९२० जना कोरोना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घन्टामा ४ सय २४ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा २९१, भक्तपुरमा ३२ र ललितपुरमा १०० गरी ४ सय २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर १९ सय २० जनामा कोरोना पुष्टि भएको छ ।

नेपालको कोरोनाका कारण ९ हजार ९ जनाको मृत्यु भएको छ । आज देशभरमा गरी १९ सय २० जनामा कोरोना पुष्टि भएको छ ।

 

प्रतिक्रिया