देशभर थप १९२० जनामा कोरोना संक्रमण, ३ हजार ७ जना कोरोनामुक्त


काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ९२० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलले सो जानकारी दिएका हुन् । सोही अवधिमा ३ हजार ७ जना निको भएका छन् भने ३४ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । अहिले देशभर ४० हजार ३३६ जना सक्रिय संक्रमित छन् ।

 

प्रतिक्रिया