मन्त्रीहरुको अस्थायी कार्य विभाजन, मनाङे र आचार्य अझै विना विभागीय


पोखरा – गण्डकी प्रदेशमा मन्त्रीहरुको अस्थायी कार्य विभाजन गरिएको छ । कुमार खड्काले शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र हरिशरण आचार्यले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा पाएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुको यस कार्यविभाजनलाई अस्थायी भनेका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारी गुरुङले पाएकी छन् । उनले आइतबार पदभार ग्रहण गरेकी छन् । दीपक मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन खोज्दा अस्वीकार गरेका छन् ।

उनले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा दाबी गरेका छन् । जसपाबाट मन्त्री बनेका हरिशरण आचार्यको पनि मन्त्रालय तोकिएको छैन ।

गत जेठ २९ गते मुख्यमन्त्री नियुक्त पोखरेलले चार मन्त्री नियुक्त गरे पनि सत्ता साझेदार दलहरुबीच सहमति नहुँदा उनीहरुको मन्त्रालय तोकिएको थिएन । गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । जनमोर्चा भने सरकारमा सहभागी छैन ।

 

प्रतिक्रिया