इटलीबाट २० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री आइपुग्यो काठमाडौं


काठमाडौं – इटालीले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको स्वास्थ्य सामग्री आइपुग्यो आइपुगेको छ ।

दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध लड्न युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटलीले २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र दश हजार प्रोटेक्टिभ कवरल्स् सहयोग गरेको हो।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी हुन्।

प्रतिक्रिया