ओली पक्षबाट आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको माधव नेपालको दाबी


काठमाडौंएमालेबाट कारबाहीमा परेका माधवकुमार नेपालले आफूलाई अध्यक्ष केपी शर्मा ओली पक्षबाट प्रधानमन्त्रीको प्रस्ताव आएको दाबी गरेका छन्।

शनिबार नयाँ वानेश्वरमा संसदीय मामिला सम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारबीच प्रतिपक्षी गठबन्धनले गरेको अन्तरक्रियाका क्रममा उनले यस्तो दाबी गरेका हुन्। तर, उनले प्रतिपक्षी गठबन्धनलाई धोका नदिने पनि बताएका छन्।

शेरबहादुर देउवालाई हेरेको हेरै बनाइदिउँ भनेर मलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको छ। तर, धोका दिन्नँ, उनले भने,‘ओलीको गैरलोकतान्त्रिक कमदले देशले दुख पायो, विपक्षी गठबन्धनमा नै उभिरहन्छु।

प्रतिक्रिया