गृहमन्त्री, गृहसचिव र आईजीपीबीच भेटवार्ता, एआईजी बढुवाको विषयमा छलफल


काठमाडौं – ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरमा गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीबीच भेटवार्ता भएको छ।

भेटवार्तामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को एक दरबन्दी थप गर्ने निर्णयसँगै एआईजीमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा उनीहरुबीच छलफल भएको बताइएको छ।

एआईजी नियुक्तसँगै खाली रहने प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवामा समेत कसलाई नियुक्त गर्ने विषयमा छलफल भइरहेको गृहमन्त्री अधिकारी निकट स्रोत बताउँछ।

थपिएको एआईजीको दरबन्दीमा १० जना डिआईजीहरु प्रतिस्पर्धामा छन्। जसमा सहकुल थापा, धीरजप्रताप सिंह र उत्तम सुवेदीमध्ये एकजना प्रबल सम्भावना रहेको छ। उनीहरु तीनैजना ब्याचमेट समेत हुन्।

त्यस्तै भेटवार्तामा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवाको विषयमा पनि छलफल हुनेछ।

प्रतिक्रिया