१६ डिआईजीको सरुवा, सिआईबीमा धीरज सिंह (सूचीसहित)


काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआईजीको) सरुवा गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा धीरज प्रताप सिंहको सरुवा भएको छ।

यसअघि सिंह २ नम्बर प्रदेश प्रहरी कार्यालयमा थिए। त्यस्तै डिआईजी अरुण बिसीको एक नम्बर प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ। दुई नम्बर प्रदेशको प्रहरी प्रमुखमा रमेश रन्जितकार, बागमति प्रदेश प्रहरी प्रमुखमा प्रकाशजंग कार्कीलाई पठाइएको छ।

यस्तै गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्द आचार्य, कर्णाली प्रदेशमा गणेश ऐर र सूदुरपश्चिम प्रदेशमा पुरुषोत्तम कँडेललाई पठाइएको छ। त्यस्तै विशेष ब्यूरोमा घनश्याम अर्यालको सरुवा भएको छ।

हेर्नुहोस् कसको कहाँ सरुवा भयो?

प्रतिक्रिया